उच्च रक्तचापको के हो ? कारण, लक्षण, असर र कम गर्ने उपायहरु कसरी थाहा पाउने ?

  • डा. सरोज श्रेष्ठ
– डा. सरोज श्रेष्ठ

सामान्यत प्रत्येक व्यक्तिको आफ्नो शारीरिक बनावट (शरीरको तौल, ऊचाई ) र शारीरिक क्रियाविज्ञान (फिजियोलोजी) अनुसार रक्तचापको अंक भिन्न हुन्छ।

१८ वर्षभन्दा माथिका व्यक्तिको लागि रक्तचाप १२०/ ८० mm Hg हुनुपर्छ भन्ने छैन ।

जस्तै, तपाईंको रक्तचाप ११०/७० mm Hg छ भने त्यो तपाईंको लागि यो सामान्य रक्तचाप हो। यदि रक्तचाप ९०/६० भन्दा कम छ भने त्यसलाई हाइपोटेन्सन भनिन्छ।

वयस्क व्यक्तिमा सामान्य रक्तचाप भनेको सिस्टोलिक रक्तचाप १२० भन्दा कम र डायस्टोलिक रक्तचाप ८० भन्दा कम भन्ने बुझिन्छ। हाइ नरमल भनेको सिस्टोलिक रक्तचाप १२० देखि १२९ mm Hg र डायस्टोलिक रक्तचाप ८० mm Hg भन्दा कम भन्ने बुझिन्छ।

स्टेज १ उच्च रक्तचाप भनेको सिस्टोलिक रक्तचाप १३० देखि १३९ र डायस्टोलिक रक्तचाप ८० देखि ८९ हो।

स्टेज २ उच्च रक्तचाप भनेको सिस्टोलिक रक्तचाप १४० भन्दा माथि र डायस्टोलिक रक्तचाप ९० भन्दा माथि हो।

उच्च रक्तचाप संकट भनेको सिस्टोलिक रक्तचाप १८० भन्दा माथि र डायस्टोलिक रक्तचाप १२० भन्दा माथि हो।

उच्च रक्तचापको कारण
९५ प्रतिशत केसमा उच्च रक्तचापको कारण नै पत्ता लगाउन सकिदैन जस्लाई हामी प्राथमिक उच्च रक्तचापक भन्छौं, जुन आनुवंशिक तथा पर्यावरणीय कारकहरु जस्तै मोटोपन, मदिरापान, धुम्रपान, शारीरिक व्यायामको अभाव, धेरै नुनको सेवनले गर्दा हुने गर्दछ। माध्यमिक उच्च रक्तचाप ( ५ प्रतिशत ) भने मिर्गौला सम्बन्धी रोग, हर्मोनको गडबडी, औषधी, विषको प्रभाव, गर्भावस्थाको कारण उच्च रक्तचापले गर्दा हुनेगर्दछ।

उच्च रक्तचापको लक्षण
सामान्यत उच्च रक्तचापको लक्षणहरु देखापर्दैन, विशेष टाउको पछिल्लो भाग दुख्नु, दृष्टि धमिलो हुनु, चक्कर लाग्ने, वाकवाकी, बान्ता आउने, नाकबाट रगत आउने, कानमा आवाज गुन्जिरहनु आदि उच्च रक्तचापका लक्षणहरु हुन।

उच्च रक्तचापको असर
उच्च रक्तचापले आँखामा रेटिनोपेयाथी, हृदय विफलता, मिर्गौलामा रक्त प्रवाह घटाउने, मष्तिस्कमा रक्तस्राव, परिधीय संवहनी (भास्कुलर) रोगहरु गराउँछ।

उच्च रक्तचाप कम गर्ने उपायहरु :

  • दैनिक शारीरिक व्यायाम, दैनिक ३० मिनेट हिड्ने, शरीरलाई तनकाअने, मोटोपन घटाउने, स्वास्थ्य खानेपान , प्रतिदिन नुन २ ग्राम भन्दा कम, मदिरापान, धुम्रपान बन्द गर्न, प्रयाप्त पानी पिउने, कम चिनी सेवन गर्ने।
  • उच्च रक्तचाप भएका बिरामीले चिकित्सकको सल्लाहमा औषधि प्रयोग र पुनस् कुराकानी अगाडि बढाउनु पर्दछ।
  • आधुनिक जीवन शैलीका कारण कम उमेरका व्यक्तिलाई उच्च रक्तचापको समस्या बढ्दै गएको हुँदा जीवन शैली परिमार्जन आजको आवश्यकता हो।
  • पाँच मिनेटको आराम पछि बसिरहेको स्थिति र वृद्ध व्यक्तिमा उभिएको अवस्थामा रक्तचाप नाप गर्नु पर्दछ।
  • प्रत्येक सामान्य वयस्क व्यक्तिले कम्तिमा महिनामा १ वा २ पटक रक्तचाप नाप्नुपर्छ। उच्च रक्तचाप भएका बिरामीले दैनिक रक्तचाप नाप्नुपर्छ।
  • ४० वर्ष भन्दा माथिका व्यक्तिलाई उच्च रक्तचापको जोखिम बढी हुने हुँदा, प्रारम्भिक समयमै यसको नियन्त्रण गर्ने सकेमा उच्च रक्तचापको असरलाई न्यूनीकरण गर्न सकिन्छ।

# डा. श्रेष्ठ कायरो विश्वविद्यालयको कसर अल ऐनि हस्पिटल कायरो, इजिप्टमा इन्टनसिप गर्दै छन् । साथै उनी एसोसिएसन अफ नेपालीज मेडिकल इस्टुडेन्ट  इजिप्टको अध्यक्ष हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *