औषधि व्यवस्था विभागले दियो मोडर्ना खोपलाई आपतकालीन प्रयोग अनुमति

544
Shares

काठमाडौँ, ३१ भदौ । औषधि व्यवस्था विभागले कोभिड -१९ विरुद्धको मोडर्नालाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले बुधबार (हिजो) मोडर्नालाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

सरकारले यसअघी नै अमेरिकाबाट ४० लाख डोज मोडर्ना खोप ल्याउने निर्णय गरेको थियो । त्यसका लागि विश्व बैंक मार्फत गत साउनमै पैसा समेत पठाईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसबेला मोडर्ना खोप पुस माघमा आउने बताइएको थियो ।

‘हामीले हिजो मोडर्ना खोप नेपालमा आपतकालीन प्रयोग गर्न सक्ने गरी अनुमति दिएका छौँ । अब ल्याएर प्रयोग गर्न सकिन्छ,’ विभागका महानिर्देशक नारायण ढकालले भने ।

यसअघि विभागले गत शुक्रबार अर्को अमेरिकी खोप फाइजरलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । १२ देखि १८ बर्ष उमेरका बालबालिकालाई लगाउने गरी सरकारले फाइजर खोप ६० लाख डोज ल्याउने बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *