चौबिस घण्टामा थप १५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

- नेपाली हेल्थ

काठमाडौँ, २९ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ५६२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ४८९ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १९ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार १० हजार २६६ जनाको पीसीआर बिधीबाट र ४ हजार १७७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ४४३ जनाको नमुना परीक्षण भएको छ । जसमा पीसीआर बाट १ हजार १८० र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३८२ जना गरी आज कुल १ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २९४ भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना गरी काठमाडौँ उपत्यकामा ४०४ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ४५३ र भेन्टीलेटरमा १३७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


Facebook Comment


थप समाचार