आयुर्वेद चिकित्सक संघको महाधिवेशन २४ र २५ मंसिरमा

 

काठमाडौँ, २९ भदौ ।  नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी २४ र २५ मंसिरमा काठमाडौँमा आयोजना हुने भएको छ। कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो।

सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८०० सदस्य आवद्ध छन्। कार्य समितिको कार्यकाल दुई बर्ष तोकिएको छ । तर कोभिडको कारण बर्तमान कार्यसमिति झण्डै साढे तीन बर्ष देखि फेरिएको छैन् ।

‘तोकिएको समय भन्दा धेरै नै ढिला भईसकेको छ । कोभिडको कारण महाधिवेशन रोकिदै आएको हो । यसपटक त हामी जसरी पनि गर्ने योजनामा छौँ,’ डा ज्ञवालीले भने ।

उनका अनुसार महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने छ। महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *