चौबिस घण्टामा थप ९९४ जनामा कोरोना संक्रमण, १३६८ जना डिस्चार्ज

204
Shares


काठमाडौँ, २६ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर ९ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ३६८जना निको भई डिस्चार्ज भएका छन् । आज थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ६ हजार १३७ जनाको पीसीआर बिधीबाट र ३ हजार ७०३ जनाको एन्टीजेन बिधिबाट गरी कुल ९ हजार ८४० जनाको नमुना परीक्षण भएको छ । जसमा ९ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २३० भक्तपुरमा ४२ र ललितपुरमा ८५ जना गरी काठमाडौँ उपत्यकामा ३५७ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ४५६ र भेन्टीलेटरमा १२२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *