देशभर थप ११४६ जनामा कोरोना संक्रमण, १६६० जना डिस्चार्ज

काठमाडौँ, २५ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार १४६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ६६० जना निको भई डिस्चार्ज भएका छन् । आज थप २१ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ८ हजार ५४९ जनाको पीसीआर बिधीबाट र २ हजार ३६७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार ९१६ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २५७ भक्तपुरमा ४१ र ललितपुरमा ५१ जना गरी काठमाडौँ उपत्यकामा ३४९ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ४५८ र भेन्टीलेटरमा १४५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *