दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ बनिन् आइएपीबीको नीतिगत तहमा पुग्ने पहिलो नेपाली

काठमाडौँ, २२ भदौ । नेपालकी दृष्टि विशेषज्ञ जुनु श्रेष्ठलाई इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपीबी) सेन्टर अफिसको जिम्मेवारी दिईएको छ ।
पोलिसि एण्ड एड्भोकेसी म्यानेजरमा पहिलो पटक नेपाली दृष्टि विशेषज्ञ नियुक्त भएको हो । केन्द्रीय कार्यालय लनडनमा रहेको यो संस्थामा नेपालीले पहिलो पटक नीति योजना व्यवस्थापनको जिम्मेवारी पाएको हो।
पहिलो नेपाली दृष्टिरोग विशेषज्ञ रहेकी उनी नेपाल दृष्टि विशेषज्ञ संघका कोषाध्यक्षसमेत हुन् । श्रेष्ठले लण्डनको हाइजिन तथा ट्रपिकल मेडिसिन र इकोनोमिक तथा राजनीतिक विज्ञान स्कुलमा अध्ययन गरेकी छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



