चौबिस घण्टामा थपिए १८९७ जना कोरोना संक्रमित, २० जनाको मृत्यु

काठमाडौँ, २१ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८९७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ७ सय ४३ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार ११ हजार ६ सय ९ जनाको पीसीआर बिधीबाट र ४ हजार ३ सय ७० जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ९ सय ७९ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ४ सय १८ भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना गरी काठमाडौँ उपत्यकामा ६ सय ६ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ७३ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ५ सय १२ र भेन्टीलेटरमा १ सय ६३ जना संक्रमित उपचाररत छन् ।

त्यसैगरी ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला १७ वटा र २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला २० वटा रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *