नर्सिङ लाइसेन्स परीक्षामा ८९ प्रतिशत उत्तीर्ण

3.3k
Shares

काठमाडौँ, २० भदौ । नेपाल नर्सि ङ परिषदले शनिबार लिएको नर्सि ङ तथा मिडवाइ फ्रि विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८९ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा नर्सिङ तर्फ ८८.५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएका हुन् ।

परिषदका रजिष्ट्रार विन्दा घिमिरेका अनुसार परीक्षाका लागि नर्सिङ तर्फ ५ हजार ६२१ जनाले फारम भरेका थिए । तर परीक्षाका बेलामा ३७ जना अनुपस्थित भएका थिए । कुल ५ हजार ५८४ जना सहभागी भएकोमा ४ हजार ९४७ जना उत्तीर्ण भएका हुन् ।

यस्तै मिडवाईफ्री तर्फ १० जना परीक्षामा सहभागी भएकोमा ९ जना उत्तीर्ण भएका थिए ।

रजिष्ट्रार घिमिरेका अनुसार शनिबारको परीक्षा नर्सिङ तर्फ २७ औँ र मिडवाईफ्री तर्फ चौथो हो । परीक्षाका लागि सबै केन्द्र काठमाडौँमै तोकिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *