शुक्रबार थप १७५६ जनामा कोरोना संक्रमण, २२७४ जना संक्रमणमुक्त

220
Shares

काठमाडौँ, १८ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ७ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार २ सय ७४ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ९ हजार ७ सय ७३ जनाको पीसीआर बिधीबाट र ४ हजार ५ सय ६१जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ३ सय ३३ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार ७ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ४ सय ६७ भक्तपुरमा ७१ र ललितपुरमा १ सय २९ जना गरी काठमाडौँ उपत्यकामा ६ सय ६७ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ५ सय ४० र भेन्टीलेटरमा १ सय ५६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *