बुधबार थप २०५२ जनामा कोरोना संक्रमण, ३०३० जना संक्रमणमुक्त

काठमाडौँ, १६ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३ हजार ३० जना निको भई डिस्चार्ज भएका छन् । आज थप २० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बुधबार दिएको जानकारी अनुसार १० हजार ६१२ जनाको पीसीआर बिधीबाट र ४ हजार ३२३ जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ९३५ जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ४७१ भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना गरी काठमाडौँ उपत्यकामा ७१९ जना थपिएका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०४ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ७ लाख १९ हजार ३३६ रहेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७७० पुगेको छ ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ५६३ र भेन्टीलेटरमा १७० जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा. पौडेलले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *