शुक्रबार थप २०६५ जनामा कोरोना संक्रमण, २३३७ जना डिस्चार्ज

काठमाडौँ, ११ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ६५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार ३३७ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ८ हजार ७५२ जनाको पीसीआर बिधीबाट र ४ हजार ३६५ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ११७ जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ४५४ भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना गरी काठमाडौँ उपत्यकामा ७१५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ६२२ र भेन्टीलेटरमा १७१ जना संक्रमित उपचाररत रहेका छन्। त्यस्तै २० वटा जिल्लामा ५ सय भन्दा धेरै र १९ वटा जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *