शुक्रबार थपिए ३०४२ जना कोरोना संक्रमित, २२४४ संक्रमणमुक्त

काठमाडौँ, ४ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार २४४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार १० हजार ५३० जनाको पीसीआर बिधीबाट र ७ हजार १२४ जनाको एन्टीजेन बिधिबाट गरी कुल १७ हजार ६५४ जनाको नमुना परीक्षण भएको छ । जसमा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ६०४, भक्तपुरमा १०७ र ललितपुमा १८७ जना गरी काठमाडौँ उपत्यकामा ८९८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ७१४ र भेन्टीलेटरमा १७१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *