चौबिस घण्टामा थपिए ३०७५ जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौँ, ३ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार १२६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप ३३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ११ हजार ९४६ जनाको पीसीआर बिधीबाट र ४ हजार ४९२ जनाको एन्टीजेन बिधिबाट गरी कुल १६ हजार ४३८ जनाको नमुना परीक्षण भएको छ । जसमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ६३९, भक्तपुरमा १०१ र ललितपुमा १२७ जना गरी काठमाडौँ उपत्यकामा ८६७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ७३९ र भेन्टीलेटरमा १६८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *