रुपन्देहीमा २५ साउन देखि भेरोसेलको दोस्रो मात्रा दिईदै (खोप केन्द्रसहित)
बुटवल, २२ साउन । रुपन्देहीमा आगामी २५ साउन देखि कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा दिइदै छ । जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको गत बुधबार बसेको बैठकले २५ साउन देखि भेरोसेलको दोस्रो मात्रा दिने निर्णय गरेको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले साउन १ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएका र २१ दिन पुगेकाहरुलाई आगामी २५ साउन देखि दोस्रो मात्रा दिन लागिएको बताए । उनले खोप कार्ड लिएर तोकिएका खोप केन्द्रमा खोपका लागि जान समेत आग्रह गरे ।
दोस्रो मात्रा भेरोसेल लगाउनका लागि तोकिएका खोप केन्द्रहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



