आज देखि देशव्यापी रुपमा भेरोसेलको दोस्रो मात्रा लगाईदै

काठमाडौँ, २२ साउन । आजदेखि देशभर कोभिड–१९ विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ। गत २९ असार असार देखि भेरोसेलको पहिलोमात्रा लगाएकालाई आजदेखि दोस्रो मात्रा खोप दिन लागिएको हो।

यसपटक सरकारले ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिक, शिक्षक, प्राध्यापक, सवारी चालक सहचालक, तथा अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुलाई लाई पहिलो मात्रा खोप दिइएको थियो।

आजबाट सुरु हुने अभियानमा पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले २० लाखभन्दा बढी व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको जानकारी दिए।

यसैबीच स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लामा आजैबाट दोस्रो मात्रा खोप दिन शुरु गरिएको बताएको छ । स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले १ लाख ६५ हजार बढी व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको बताए ।

काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख  खड्काले बताए ।

उता स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।

बिहीबारसम्मको तथ्यांक अनुसार हालसम्म ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार ९०० जनाले दोस्रो अर्थात कोरोना विरुद्दको पूर्ण खोप पाएका छन्।

खोप सप्ताह मनाईने

सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिएका हुन् ।

बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ‘खोप सप्ताह’ अवधिमा जापानबाट ल्याइने आठ लाख र भुटानबाट ल्याइने तीन लाख डोज खोप लगाइने बताए । उनले शनिबार र आइतबारसम्म जापान र भुटानबाट गरी १९ लाख डोज खोप आईसक्ने बताए । साथै उनले असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख जोड खोप ल्याइने प्रक्रिया अगाडि बढाइएको र सो खोप आएपछि १२ वर्षदेखि १८ वर्ष उमेर समूका बालबालिकालाई लगाइने योजना रहेको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *