कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख डा. मरासिनी, डा. विवेकलाई समन्वय महाशाखा

काठमाडौँ, १८ साउन ।  कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी डा रुद्र मरासिनीले पाएका छन् । सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट डा मरासिनीलाई प्रमुख कार्यकारी अधिकारीको जिम्मेवारी दिईएको हो ।

यसअघि त्यहाँ डा जागेश्वर गौतमले प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए । मन्त्रालयले डा मरासिनी जिम्मेवारी दिएपछि डा गौतर्म परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा फर्काएको छ ।

यस्तै सोमबारकै मन्त्रीस्तरीय निर्णय अनुसार स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाको प्रमुखमा डा विवेककुमार लाललाई जिम्मेवारी दिइएको छ । उनी यसअघि सार्क क्षयरोग केन्द्रका निर्देशक थिए ।

उनको ठाँउमा डा रिता जोशीलाई पठाइएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले पुष्टि गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *