एमबीबीएस पढ्न रहर गर्दै ११ हजार ६६८ जनाले दिए प्रवेश परीक्षा

काठमाडौँ, ९ साउन । चिकित्सा शिक्षा आयोगले आजबाट शुरु गरेको चिकित्साशास्त्र तर्फ स्नातकत तहको एकीकृत प्रवेश परीक्षा अन्तरगत पहिलो दिन एमबीबीएसको परीक्षा सम्पन्न भएको छ ।

परीक्षामा ११ हजार ६६८ जना सहभागी थिए । २०३ जना भने गयल भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले एकीकृत प्रवेश परीक्षा अन्तरगर्त पहिलो दिन भएको एमबीबीएसको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनले परीक्षामा ११ हजार ६६८ जना सहभागी भएको र फारम भरेका २०३ जना अनुपस्थित भएको जनाए ।

सबैभन्दा धेरै विद्यार्थी सहभागी एमबीबीएसको परीक्षाका लागि काठमाडौँ उपत्यकामा २८ वटा, धरानमा ४ वटा, चितवनमा ४ वटा र नेपालगञ्ज र पोखरामा दुई दुईवटा सेन्टर तय गरिएको थियो ।

भोली विडीएसको प्रवेश परीक्षा हुँदै

आयोगका प्रवक्ता लुईटेलले आइतबार बीडीएसको प्रवेश परीक्षा हुने बताए । वीडीएसका लागि करीब ४ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् । आयोगले यो परीक्षाका लागि उपत्यकामा ९ वटा र बाहिर एक एक वटा परीक्षा केन्द्र तय गरेको जनाएको छ ।

आयोगले आजदेखि साउन १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।

परीक्षामा सहभागि हुन विद्यार्थीहरु ७२ घण्टा अघिको पिसिआर रिपोर्ट सहित उपस्थित हुनु पर्ने व्यवस्था गरिएको छ । पिसिआर पोजिटिभ भएका विद्यार्थीलाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था समेत आयेगले गरेको छ ।

आयोगले आज एमबीबीएस, भोली विडीएसको परीक्षा पछि ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पर्फ्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ।

परीक्षका लागि विभिन्न विषयमा ३२ हजार ८०० जनाले प्रवेश परीक्षाका लागि फारम भरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *