देशभर थप १८७५ जनामा कोरोना संक्रमण, १२८६ संक्रमणमुक्त

192
Shares

काठमाडौँ, २४ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप १ हजार २ सय ८६ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर बिधिबाट ५ हजार ३७४ र एन्टीजेन विधिबाट ५ हजार १३० गरी कुल १० हजार ५ सय ४ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल १ हजार ८ सय ७५ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ५७२ र भेन्टीलेटर १५७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३२० पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *