पछिल्लो २४ घण्टामा थपिए २६२२ जना कोरोना संक्रमित, २२११ डिस्चार्ज

252
Shares

काठमाडौँ, २१ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप २ हजार २११ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । आज थप २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार ७ हजार ४ सय ९९ जनाको पीसीआर बिधिबाट र ४ हजार २८ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ५ सय २७ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ६२२ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३७८ ,भक्तपुरमा ६० र ललितपुरमा १२४ जना गरी काठमाडौँ उपत्यकामा ५६१ जना थपिएका छन् ।

यो संगै नेपालमा हालसम्म कुल ३३ लाख ७६ हजार ४१ पीसीआर बिधिबिाट नमुना परीक्षण गर्दा ६ लाख ४६ हजार ३६७ जनामा र २ लाख ८ हजार २७६ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ लाख ८ हजार ९९४ जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ जसमा ६ ला ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ५७१ र भेन्टीलेटर १८० जना संक्रमित उपचाररत छन् ।

त्यस्तै नेपालमा कोरोना बिरुद्धकोे खोप २६ लाख ११ हजार ८०७ जनामा पहिलो मात्रा र ७ लाख ५९ हजार ९५४ जनामा दोस्रो मात्रा लगाइएको छ । देशभर गत माघ १४ गतेबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *