नर्सिङ क्याम्पस महाराजगञ्जको निमित्त प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त

काठमाडौँ, १५ असार । महाराजगन्ज नर्सिङ क्याम्पसको(आइओएम)को निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त भएकी छन् ।
क्याम्पस प्रमुख प्रा सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि असार १४ गतेबाट लागू हुने गरी प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो।
प्राध्यापक शर्माले २०७५ फागुन १० गतेदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



