मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आजबाट सम्हाल्दै

324
Shares

काठमाडौँ, ११ असार । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले आजबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने भएका छन् । उनले आज मध्यान्न साढे १२ बजे स्वास्थ्य मन्त्रालय पुगेर पदवहाली गर्ने योजना बनाएका छन् ।

यसअघि स्वास्थ्य मन्त्री बनेका शेरबहादुर तामाङ सहित २० मन्त्रीको नियुक्ति सर्बोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी रहेका चार मन्त्रीलाई अन्य मन्त्रालयको जिम्मेवारी समेत दिएका हुन् ।

शिक्षा मन्त्री श्रेष्ठलाई स्वास्थ्य सहित श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

‘थपिएका मन्त्रालयमा आजै गएर पदवहाली गर्ने कार्यक्रम छ । स्वास्थ्यमा साढे १२ बजे, श्रममा २ बजे र बन मन्त्रालयमा साढे ३ बजे पुगेर पदवहाली गर्ने कार्यक्रम छ,’ मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *