स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पदमुक्त

440
Shares

काठाडौँ, ८ असार । सर्वोच्च अदालतले मन्त्रिमण्डल विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ । उक्त आदेशसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ पनि पदमुक्त भएका छन् । उनले गत जेठ २१ गते स्वास्थ्य मन्त्रीको  जिम्मेवारी पाएका थिए ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूरक निवेदन दर्ता गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *