एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

316
Shares


काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् । नियमित उपचारका क्रममा अस्पताल आएका नेता खनाललाई खनाललाई चिकित्सकको सल्लाहअनुसार नै आज भर्ना गरिएको हो ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार कमजोरी महसुस गरेपछि उपचारका लागि आएका उनी चिकित्सकको सल्लाहमा नै अस्पतालमा आराम गर्नका लागि भर्ना भएका हुन् ।“केही कमजोर महसुस भएपछि उनलाई आज अस्पताल ल्याइएको थियो”, उनले भने, “घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो ।”

उनले नेता खनाललाई त्यस्तो कुनै समस्या नभएको र दुई–तीन दिनपछि घर फर्किने बताए । नेता खनाललाई यसअघि कोभिड–१९ को सङ्क्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *