कञ्चनपुर : लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही

440
Shares


कञ्चनपुर, २७ जेठ । लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ ।

भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने जनाएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिएका छन्। प्रजिअ महतोले जारी गरेको सूचनामा स्वास्थ्य कार्यालयबाट आएको विवरणका आधारमा कारवाही गरिने उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ ।

लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका सबै स्थानीय तहमा मङ्गलबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । खोप तीन दिनसम्म लगाइने छ ।

रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *