काठमाडौँ महानगर भित्र आज करीव ९ हजारले लगाए भेरोसेल खोप

116
Shares

काठमाडौँ, २५ जेठ । आजबाट सुरु भएको कोरोना बिरुद्धको चिनियाँ खोप भेरोसेल काठमाडौँ महानगरपालिका भित्र ८ हजार ७४६ जनाले लगाएका छन् । महानगर भित्रका ३२ वटा वडामा ४ हजार ४१९ जना पुरुष र ४ हजार ३२७ जना महिला गरी कुल ८ हजार ७४६ जनाले भेरोसेल लगाएका हुन् ।

महानगरले आजबाट पाँच दिनसम्म खोप अभियान चलाउने तालिका बनाएको छ । त्यसमा आज ६४ बर्षकाले मात्रै खोप लगाएका हुन् । बुधबार ६३ बर्ष, विहीबार ६२, शुक्रबार ६१ र शनिबार ६० बर्षकालाई खोप लगाउने योजना महानगरको छ । एकैपटक भिड नहुने भएकोले यसरी तालिका मिलाइएको महानगरका स्वास्थ्य प्रमुख हरि कुवरले बताए ।

चीनले अनुदानमा १० लाख डोज खोप दिएपछि सरकारले आज देखि देशव्यापी रुपमा खोप अभियान चलाएको छ । खोप अभियान अन्तरगर्त उपत्यकाका तीन जिल्लामा ६० देखि ६४ बर्ष र उपत्यका बाहिर ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिईदै छ । तिब्बतसंग सिमा जोडिएका जिल्लामा भने १८ देखि माथिका सबै उमेरकालाई दिईने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *