श्रीमतीको दिनहुँ स्वास्थ्य जाँच गर्न नआएको भन्दै शिक्षकले कुटे स्वास्थ्य संयोजक

6.0k
Shares

सिमकोट, २१ जेठ । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका स्वास्थ्य संयोजक माथि स्थानीय शिक्षकले हातपात गरेका छन् । कोरोना संक्रमणमा परि होम आइसोलेसनमा रहेकी श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै ती शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका हुन् ।

सङ्क्रमित महिला होम आइसोलेशनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताए ।

सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *