कोरोना जाँचका लागि प्रधानमन्त्री ओलीले दिए स्वाब

180
Shares

काठमाडौँ, २४ बैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड – १९ को पीसीआर विधिबाट परीक्षणका लागि स्वाब दिएका छन् ।  आज दिउसो बालुवाटारमा स्वास्थ्य प्राविधिक गएर उनको स्वाव लिएका हुन् ।

आगामी २७ बैशाखका लागि तय गरिएको संसदको विशेष अधिवेशन अघि सबै सदस्यहरुको कोभिड- १९ जाँच गर्ने संसद सचिवालयको योजना अनुरुप पीसीआर जाँचका लागि उनको स्वाब निकालिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वालुवाटारमा स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको बताए ।

यसअघि बुधबार र बिहीबार १९५ जना सांसद सहित १ हजार १३४ जनाको स्वाव संकलन गरी पीसीआर जाँच गरिएको थियो । त्यसमध्ये १५ जना सांसद र १५ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *