शनिबार देशभर थपिए ५७६३ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

376
Shares

 

काठमाडौँ, १८ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधीमा थप १९ जना संक्रमितको मृत्यु भएको छ । हिजो ३३ जनाको मृत्यु भएको थियो । आज थप १ हजार २ सय ८७ जना भने निको भई डिस्चार्ज भएका छन् । अहिले निको हुने दर ८५.९ प्रतिशतमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको विवरण अनुसार १४ हजार ४ सय ३ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ५ हजार ७ सय ६ जना र ५६६ जनाको एन्टीजेन परीक्षण गर्दा ५७ जना गरी थप ५ हजार ७ सय ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना गरी २ हजार ४९५ जना थपिएका छन् ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । भने निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ । क्वारेनटीनमा ६७ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ४०१ र भेन्टीलेटरमा ११० जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *