सीसीएमसीको निर्णय : देशभरका शिक्षालयले भौतिक उपस्थितिमा पढाई र परीक्षा सञ्चालन गर्न नपाउने

1.2k
Shares

काठमाडौँ, १२ बैशाख । भोलिबाट देशभरका विद्यालय तथा शिक्षालयले भौतिक उपस्थितिमा पढाई र परीक्षा सञ्चालन गर्न नपाउने भएको छ । कोभिड -१९ क्राइसीय म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले देशभरका विद्यालय तथा शिक्षालयहरुमा भौतिक उपस्थिति नभई भर्चुअल र बैकल्पिक माध्यमबाट मात्र पठन पाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षा अर्को आदेश नभएसम्मसको लागि स्थगित गर्ने निर्णय गरेको सीसीएमसीका संयोजक समेत रहेका सचिव डा खगराज बरालले जानकारी दिए ।

अहिले शहरी क्षेत्रका कतिपय विद्यालयहरुले भौतिक उपिस्थितिमा पढाई नगरे पनि परीक्षा लिइरहेका छन् । आजको आदेशमा देशभरका विद्यालयका लागि निर्णय गरिएको स्पष्टसंग उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *