काठमाण्डौँ रेर्जस एफसीको मेडिकल पार्टनर स्टार अस्पताल

88
Shares

काठमाडौँ, १० बैशाख । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग अन्तर्गत काठमाण्डौँ रेर्जस एफसीको अफिसियल मेडिकल पार्टनरको रुपमा स्टार अस्पताल अनुबन्धित भएको छ । शुक्रबार एक कार्यक्रमका बीच मेडिकल पार्टनरको सम्झौँता भएको हो ।

सम्झौँता पत्रमा काठमाडौँ रेर्जस एफसीको तर्फबाट अध्यक्ष विज्ञान शर्मा तथा व्यवस्थापक मधुसुदन उपाध्याय र स्टार अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. शैल रुपाखेती तथा सीओओ डा. सन्देश जिसीले हस्ताक्षर गरेका छन् ।

सम्झौँतामा अस्पतालले काठमाण्डौँ रेर्जस एफसीका कुनै पनि खेलाडी तथा व्यवस्थापनमा खटिने व्यक्तिको स्वास्थ्य उपचारसम्वन्धि जिम्मा लिनेछ ।
फुटवल प्रतियोगिता यहि ११ बेशाख देखि शुरु हुँदैछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *