पछिल्लो २४ घण्टामा थप २७६ जना बालबालिकामा कोरोना संक्रमण


काठमाडौँ, ८ बैशाख । नेपालमा पछिल्लो चौबिस घण्टामा थप २ सय ७६ बालबालिकामा कोरोना भाइरस (कोभिड – १९)संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको विवरण अनुसार ० देखि ९ वर्ष उमेर समूहका ५२ जना बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका २ सय २४ जना बालबालिका रहेका छन् । हिजो मंगलवार १ सय ९३ जनामा संक्रमण पुष्टि  भएको थियो ।

देशभरका प्रयोगशालाबाट ८ हजार ८४४ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार २२० जना र ८०३ जनाको एन्टीजेन परीक्षण गर्दा १३१ जना गरी थप २ हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यही अवधीमा २८७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भने थप १० जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ३ हजार १ सय १२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *