कोरोना संक्रमणबाट पत्रकार मिश्रको मृत्यु

झापा, २ बैशाख । कोरोना संक्रमणका कारण अग्रज पत्रकार कमल मिश्रको मृत्यु भएको छ । ४८ वर्षीय मिश्रको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा बुधवार राति मृत्यु भएकोे हो ।
विर्तामोड नगरपालिका–८ निवासी पत्रकार मिश्र केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए ।
भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वास्थ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनि विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



