पछिल्लो २४ घण्टामा थपिए ५१७ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

196
Shares


काठमाडौँ, ३१ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप ५ सय १७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप पाँच जना संक्रमितको मृत्यु भएको छ । भने १ सय ५३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना गरी २०१ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ३८६ जनाको पीसीआर नमुना परीक्षणका क्रममा ४ सय ६० जनाको र ८ सय १७ एन्टीजेन परीक्षणका क्रममा ५७ जना गरी थप ५ सय १७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ रहेको छ । क्वारेनटिनमा ८५ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *