विस्केट जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

112
Shares

भक्तपुर, २७ चैत । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ ।

यसअघि स्थानीय प्रशासनले विस्केट जात्रा रोक्ने निर्णय गरेको थियो । तर सो निर्णय विरुद्ध सर्बोच्चमा रिट परेपछि सर्बोच्चले जात्रा नरोक्न अन्तरिम आदेश दिएको थियो ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेको र काठमाडौँ उपत्यकामा पनि संक्रमितको संख्या बढदै गएपछि स्थानीय प्रशासनले जात्रा रोक्ने भनेको थियो ।

सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।

विस्केट जात्रा भक्तपुरमा आठ रात नौ दिन सम्म मनाईने गरिन्छ । जात्रा आजबाट शुरु भई ५ बैशाखमा समापन हुनेछ ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *