यी हुन् नियुक्ति लिई खटाएको हेल्थ डेस्कमा नजाने ३० जना स्वास्थ्यकर्मी

6.1k
Shares

काठमाडौँ, १७ चैत । स्वास्थ्य सेवा विभागले भारत र चीनसंगका सीमा नाकामा रहेका हेल्थ डेस्कमा काम गर्ने गरी खटाइएका ३० जना स्वास्थ्यकर्मीलाई आफ्नो सम्पर्कमा आई तीन दिन भित्र खटाएको ठाँउमा जान निर्देशन दिएको छ ।

विभागले मंगलबार खटाएको स्थानमा नजाने स्वास्थ्यकर्मीहरुको सूची प्रकाशित गर्दै आफ्नो निर्देशनको अवज्ञा गरेमा कारवाही गर्ने स्पष्ट पारेको छ । विभागले सिमा नाकाका हेल्थ डेस्कमा काम गर्ने गरी गत ९ पुसमा ४८ जना स्वास्थ्यकर्मीहरुलाई नियुक्ति दिएको थियो ।

ती मध्ये ३० जनाले नियुक्ति अनुसार खटाएको ठाँउमा गएर काम नगरेको र केही सम्पर्कमा नै नआएको बताएको छ ।

हेरौँ सूची :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *