चौविस घण्टामा देशभर थपिए १२० जना कोरोना संक्रमित, थप ८५ जना डिस्चार्ज

108
Shares


काठमाडौँ, १२ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय २० जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ८५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४१, भक्तपुरमा १९ र ललितपुरमा ५ जना गरी उपत्यकामा ६५ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ८९१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय २० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय १७ रहेको छ । क्वारेनटिनमा ५५ जना रहेका छन् । गएको चौबिस घण्टामा मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *