कोभिड-१९बाट मृत्यु भएका चिकित्सकका परिवारलाई संघले गर्‍यो सम्मान

404
Shares

काठमाडौँ, २१ फागुन । नेपाल चिकित्सक संघले कोभिड–१९ बाट निधन भएका सात जना चिकित्सकको परिवारलाई सम्मान गरेको छ। आफ्नो ७१ औं स्थापना दिवसको अवसरमा संघले बिहीबार कोभिड – १९बाट निधन भएका चिकित्सकका परिवारलाई सम्मान गरेको हो।

कोभिड १९ को संक्रमणबाट डा हरि प्रसाद सापकोटा, डा सुनिल चन्द्र झा, डा पशुपति चौधरी, डा नारायण बहादुर थापा, डा ध्रुव मुडभरी, डा चन्द्र प्रकाश मास्के र डा नविन राज बस्नेतको मृत्यु भएको थियो।

यस्तै संघले स्वास्थ्य पत्रकारितालाई व्यवस्थित र मर्यादित गर्न यसको छुट्टै नेपाल प्रेस काउन्सिलसंग मिलेर मेटिरियल तयार पार्दैछ । विहीबार संघले करिकुलम तयार गर्ने विषयमा स्वास्थ्य पत्रकार मञ्च, काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषदका प्रतिनिधिसंग बसेर छलफल गरेको थियो ।

दिवसकै अवसरमा संघ केन्द्रीय कार्यालयमा पुस्तकालयको उद्घाटन समेत गरेको छ। यस्तै संघको वेवसाइट पनि परिमार्जन गर्दै संघको सदस्यता वेवसाइट बाटै लिन सकिने व्यवस्था पनि गरेको छ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले संघ र स्वास्थ्य मन्त्रालय बीचको सम्बन्ध अझै सुधार हुन आवश्यक रहेको बताए।

कार्यक्रममा संघका अध्यक्ष डाक्टर लोचन कार्कीले चिकित्सकहरुले खुसीयालीका साथ दिवस मनाएपनि चिकित्सकहरू खुसी नभएको बताए । उनले चिकित्सकहरुले अन्याय पनि नगर्ने र आफुमाथि पनि अन्याय हुन नदिने बताए । उनले चिकित्सकको परामर्श शुल्क समयानुकुल परिमार्जन गर्नुपर्ने समेत बताए ।

त्यसअघि संघको कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *