देशभर थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

88
Shares

काठमाडौँ, १२ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ९४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ७१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभर थप ९४ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको छ । क्वारेनटिनमा ६३ जना रहेका छन् । कोरोना संक्रमणबाट आज थप १९  जना संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *