विस्तारित अस्पताल सेवा कार्यक्रम : यसरी बाँढिनेछ स्रोतको बाँडफाँड

काठमाडौँ, ५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विस्तारित अस्पताल सेवा (ईएचएस) कार्यक्रम लागू गर्ने अस्पतालहरुमा प्राप्त हुने स्रोत (आम्दानी) बाँडफाँड कसरी गर्ने भन्दै कार्यविधि बनाएको छ ।

त्यसमा उपचार गर्ने स्वास्थ्यकर्मी देखि टिकट काट्ने कर्मचारी सम्म, अस्पताल देखि सरसफाईमा खटिने कर्मचारीसम्मलाई प्राप्त आम्दानीबाट प्रतिशतको आधारमा बाँडफाँड गरिने उल्लेख छ ।

मन्त्रालयले भर्खरै जारी गरेको विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्वन्धी कार्यविधि २०७७ ले प्रत्यक्ष खर्च कटाएर बाँकी हुने रकममध्ये २० प्रतिशत अस्पताललाई र बाँकी ८० प्रतिशत खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई बाँडफाँड गरिने भनिएको छ । कार्यविधिका अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीलाई बाँढिने कुल रकममध्ये ९० प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई र त्यसको १० प्रतिशत लेखा, प्रशासन स्टोर, काउन्टर, मेडिकल रेकर्डर, बायोमेडिकल र सरसफाई लगायतका कर्मचारीले पाउनेछन् ।

कार्यविधिमा यो सेवा दिएवापत प्राप्त हुने रकम अस्पतालको छुट्टै कोषमा राखिने बताइएको छ । अस्पताल प्रमुख र लेखा प्रमुखको दस्तखतबाट कोषको परिचालन हुने समेत उल्लेख गरिएको छ ।

इएचएस सेवा धेरै अस्पतालहरुले लागू गरेका पनि छन् । तर स्रोतको बाँडफाँड नमिलेको भन्दै कतिपय अस्पतालमा ति सेवा अवरुद्ध समेत भएका छन् ।

lj:tfl/t c:ktfn ;]jf sfo{qmd ;~rfng ;DjGwL sfo{ljlw @)&&

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *