कोरोनाबिरुद्धको खोप : २३ फागुन देखि ६० बर्ष माथिकालाई दिईंदै

596
Shares

काठमाडौँ, ५ फागुन । सरकारले आगामी २३ फागुन देखि ६० बर्ष माथिका जेष्ठ नागरिकलाई कोभिड – १९ बिरुद्धको खोप दिने भएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुन देखि ६० बर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको बैठकले २३ फागुन देखि ६० बर्ष माथिकालाई कोभिड१९ बिरुद्धको खोप दिने निर्णय गरेको बताए । उनले त्यसबेला खोप स्थानीय स्वास्थ्य संस्थाले सञ्चालन गरेका खोप केन्द्रमा समेत पठाइने जानकारी दिए ।

‘६० बर्षमाथिका करीब २८ लाख जनसंख्या होलान्, हामीले २० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियाबाट तत्काल खरीद गरी ल्याउँदै छौँ । कोभ्याक्स फेसिलिटीबाट थप खोप आउँदै छ । त्यसैले खोपका लागि अव समस्या हुँदेन । विस्तारै सबै नागरिकले खोप पाउँदै जानुहुन्छ,’ डा गौतमले भने ।

यसअघि मन्त्रालयले ५५ बर्ष माथिकालाई खोप दिने योजना सुनाएको थियो । तर अहिले भने उमेर समूह ६० पु¥याइएको छ ।

‘खोपको व्यवस्थापनका लागि केही तलमाथि भएको मात्रै हो । छिटै ५५ बर्ष र त्यो भन्दा कम उमेर समूहका लागि खोप पाउनुहुन्छ’  डा गौतमले भने ।

गत १४ माघ देखि कोभिड १९ बिरुद्धको खोप शुरु गरेको सरकारले मंगलबारसम्म २ लाख ६३ हजार ४८६ जनालाई खोप लगाइसकेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *