झुटो विवरण भरेपछि नाम निकालेका १३ जना सरकारी चिकित्सक पीजीमा भर्ना हुन पाएनन्

4.7k
Shares

काठमाडौँ, २८ माघ ।  चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर(पिजी) को एकीकृत प्रवेश परीक्षामा सरकारी सिट तर्फ उतिर्ण भएका १३ परीक्षार्थीलाई मेरिट लिष्टबाट हटाएको छ ।

आर्थिक वर्ष २०७६ ७७को शैक्षिक सत्रको परीक्षामा दुर्गम क्षेत्रमा काम गरेको भनी झुटो विवरण पेश गरि अंक प्राप्त गरेको पाइएकाले उनीहरुलाई मेरिट लिष्टबाट हटाइएको आयोगले जनाएको छ ।

आयोगका सदस्यसचिव डिल्लीराम लुईटेलले मेरिट लिष्टबाट हटाइएका १३ जना चिकित्सकले ख बर्गको जिल्लामा काम गरे पनि नम्बर धेरै पाईने लोभले क बर्ग अर्थात अति दुर्गम जिल्लामा काम गरेको भनि विवरण भरेका थिए ।

‘नतिजा आएपछि तीन जनाको बारेमा उजुरी पर्‍यो, त्यसपछि हामीले छानवीन कमिटी बनायौँ र छानवीन गर्‍यौँ । तीन जनाले झुटो विवरण पेश गरेको पाइयो । त्यसपछि उहाँहरुलाई मेरिट सूचीबाट हटायौँ । त्यसलगत्तै उहाँहरुले अरु पनि छन् भन्दै बताउनु भयो । त्यसपछि छानवीन गर्दा थप १० जना भेटियो । कुल मिलाएर १३ जनाले गलत विवरण हालेको पाइएपछि हामीले सूचीबाटै हटायौँ,’उनले भने ।

लुईटेलले अव ती ठाँउमा सरकारी सूचीमै रहेका अन्य विद्यार्थीलाई अवसर दिने र त्यसमा पनि बाँकी रहे खुल्ला प्रतिस्पर्धामा रहेका विद्यार्थीलाई अवसर दिइने समेत स्पष्ट पारे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *