उपत्यकामा ६५ सहित देशभर १३४ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या शून्य

काठमाडौँ, २८ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ६५ सहित देशभर थप १ सय ३४ जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय १८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ६७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ३४ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख ४ हजार ६ सय २६ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५३ रहेको छ । क्वारेनटिनमा ८८ जना रहेका छन् । आइसीयूमा ७२ र भेन्टीलेटरमा १६ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । नेपालमा हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *