खोप अभियानको तेस्रो दिन : ४६,१९७ जनाले लगाए कोरोना विरुद्धको खोप

252
Shares


काठमाडौँ, १६ माघ । खोप अभियानको तेस्रो दिन सम्म देशभर ४६ हजार १ सय ९७ जना ब्यक्तिलेले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्। ७७ जिल्लाका १६९ खोप बुथबाट कुल ४६ हजार १ सय ९७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो दोस्रो दिनसम्म २८ हजार ७३२ व्यक्तिले खोप लगाएका थिए।

जसमा प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, बागमती प्रदेश मा १५ हजार ६ सय ४१, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन्।

त्यसैगरी खोप लगाएका व्यक्तिहरुमा स्वास्थ्य समस्या देखिएमा अनुगमन तथा ब्यबस्थापन गर्नका लागि देशैभरी बिज्ञ चिकित्सकहरु परिचालन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

हालसम्म खोप लगाएकाहरुमा सामान्य समस्या देखिएपनि गम्भिरखालको समस्या भने नदेखिएको बिज्ञप्तिमा उल्लेख छ । साथै खोप अवधीभर खोप लगाउने सबै ब्यक्तिहरुले ढुक्क भई खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *