कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु


काठमाडौँ, १२ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप १०जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा ४ हजार ८सय ५८ जनाको पसीआर नमुना परीक्षण गर्दा देशभर थप ३ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ४ सय १ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४०रहेको छ । देशभरका कोरोना अस्पतालका आइसीयूमा १३० र भेन्टलेटरमा १९ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *