
काठमाडौँ, १२ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराए।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ पुगेको छ ।
थप ३ हजार ८२८ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ७३१ जना कोरोनामुक्त भएका छन् ।
त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा २३५ र भेन्टीलेटरमा ५३ जना उपचाररत छन् ।