माग पुरा गर्न संयुक्त स्वास्थ्य संघर्ष समितिले स्वास्थ्यलाई एक साताको म्याद थप्यो

64
Shares

काठमाडौँ, २९ मंसिर । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले आफ्ना १८ बुँदे माग पुरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप एक साताको समयावधी दिएको छ । यसअघि दिइएको तीन साताको समयावधी सकिएकै दिन विज्ञप्ती जारी गर्दै समितिले माग पुरा गर्न सरकारलाई थप साता समय दिइएको जनाएको छ ।

समितिका संयोजक डा लोचन कार्कीले थपिएको समयावधीमा समेत माग पुरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने बताए ।
संयुक्त स्वास्थ्य संघर्ष समितिमा स्वास्थ्यसंग सम्वन्धीत विभिन्न १९ वटा ट्रेड युनियन तथा संगठनहरु आवद्ध छन् ।

उनीहरुले कोभिड १९ मा खटिएकाहरुको जोखिमभत्ता, पेशागत सुरक्षा, पारिश्रमिकमा बृद्धि लगायतका विभिन्न मागहरु राखेका छन् ।

माग पुरा गर्न यसअघि दिइएको २१ दिनको अवधीमा सरकार पुरै मौन रहेको समेत आरोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *