पछिल्लो २४ घण्टामा देशभर थप ८३० जनामा कोरोना संक्रमण, १५०० जना संक्रमणमुक्त

240
Shares

काठमाडौँ, २८ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप ८ सय ३० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप १ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार १८१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८ सय ९९जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८हजार ४२३ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय ९८पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *