कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

  • आइसीयू ३०९ र भेन्टीलेटरमा ५७ जना उपचाररत
  • - नेपाली हेल्थ

    काठमाडौँ, २५ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

    पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हाजर ६४ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी आइसीयू ३०९ र भेन्टीलेटरमा ५७ जना उपचाररत छन् ।


    Facebook Comment


    थप समाचार