धरानमा कोरोना संक्रमणबाट सप्तरीका ४२ बर्षिय पुरुषको मृत्यु
धरान, २३ मंसिर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राती थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सहप्रवक्ता डा चुरामणी पोखरेलका अनुसार लक्ष्मीपुर २ सप्तरी घर भएका ४२ बर्षिय पुरुषको सोमबार राती १० : ५० बजे उपचारका क्रममा मृत्यु भएको हो ।
गत १९ मंसिरमा कोरोना पुष्टि भएपछि उनलाई परिवारले २० मंसिरमा अस्पताल ल्याई भर्ना गरेका थिए । भर्ना भएको तीन दिन पछि नै उनको ज्यान गएको हो ।
अस्पतालले मृतकमा पहिले देखि नै हाइपोटेन्सनको समस्या भएको जानकारी दिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



